९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


कन्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत, घरबाट बाहिर बोलाएर बलात्कार


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, भदौ १५ । कन्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकान्डको घटना सेलाउन नपाउँदै बेल्डाँडी गाउँपालिका–१ की अन्दाजी १५ वर्षीया एक किशोरी बलात्कारको शिकार भएकी हुन् ।

बिहीबार राति अपहरणको शैलीमा घरबाट बाहिर लगेर बलात्कार गरिएको उजुरी आएको प्रहरीले जनाएको हो ।

बिहीबार घरमा सत्यनारायणको पूजा रहेको र पूजा सकिएपछि नाचगानकाक्रममा उनलाई एकजना चिनेका व्यक्तिले फोन गरी बाहिर बोलाएका थिए ।

बाहिर निस्किएपछि अपहरण शैलीमा दुईजनाले मोटरसाइकलमा राखेर लगी बलात्कार गरेको प्रहरीको भनाइ छ ।

किशोरीमाथि सामूहिक बलात्कार गरिएको स्थानीयको दाबी छ ।

पीडितलाई मेडिकल चेकजाँचका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।

मेडिकल रिपोर्ट आएपछिमात्रै बलात्कारमा कतिजना संलग्न रहेको खुल्ने प्रहरीले जनाएको छ ।