
एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनलाई केही दिनअघि हृदयघात भएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार हाल सुष्मिता पूर्णरुपमा ठिक छिन् । यसैबीच सुष्मिताले सामाजिक सञ्जाल इन्स्टाग्राममा लाइभ आएर सबैलाई स्वास्थ्यसम्बन्धी जानकारी दिएकी छन् । उक्त भिडियोमा उनले आफ्नो उपचार गर्ने चिकित्सक र आफ्ना प्रशंसकलाई धन्यवाद दिएकी छन् ।
सुष्मिताको मुटुमा ९५ प्रतिशत ब्लकेज भएको उनले उक्त भिडियोमा बताएकी छन् । सुष्मिताले कसरत गर्दा आफूलाई फाइदा भएको पनि उक्त भिडियोमा उल्लेख गरेकी छन् । जिम, कसरत र स्वस्थ जीवनशैलीका कारण आफूलाई निको हुन मद्दत पुगेको उनले बताएकी छन् ।
सुष्मिताले आजकल धेरै युवाहरुमा हृदयाघात हुने भएकाले सबैलाई आफ्नो ख्याल राख्न र समयसमयमा आफ्नो स्वास्थ्य परीक्षण गर्न सल्लाहा दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्