Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


सामूहिकताबाटै चुनौतीहरुको समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदृढ संरचनाबाटै क्षेत्रीय समस्या समाधान गर्न सकिने बताएका छन् ।

आज काठमाडौंमा बिमस्टेक सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामूहिकताबाटै चुनौतीहरुको समाधान गर्न सकिने उल्लेख गरे ।

‘शान्तिपूर्ण, समृद्ध र दीगो बंगालको खाडीको लक्ष्यलाई चौथो बिमस्टेक शिखर सम्मेलन घोषणापत्रमा समावेश गरिएको छ,’ उनले भने, ‘काठमाडौं शिखर सम्मेलन बिमस्टेकलाई गतिशील, प्रभावकारी र परिणाममुखी क्षेत्रीय संगठन बनाउन महत्वपूर्ण साबित भएको छ ।’

बिमस्टेकको ठोस वैधानिक जग बसाल्ने उद्देश्यका साथ घोषणापत्र (चार्टर) तयार गर्न स्थायी कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीले उल्लेख गरे । ‘हामीले गरेका समझदारी र निर्णयहरुको पूर्ण कार्यान्वयन भएको खण्डमा क्षेत्रीय विकासको फल जनतासमक्ष पुग्न सक्नेछ,’ उनले भने, ‘हाम्रा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा आगामी दिनमा ठूलो चुनौती हुनेछ, भावी नेतृत्वले यस चुनौतीलाई सहजै सामना गर्नुहुनेछ ।’

सम्मेलन समापनसँगै प्रधानमन्त्री ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरेका छन् ।