पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५ जना सकुशल उद्धार गरिएकाे छ भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट उद्धार गरिएकाे हाे ।
डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।
डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।





प्रतिक्रिया दिनुहोस्