Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


राष्ट्रपति निर्वाचनमा मतदान गर्न मतदाताले परिचयपत्र बोक्नुपर्ने


208
Shares

काठमाडौं । निर्वाचन आयोगले यही आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ ।

दुवै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित संसद सचिवालयबाट जारी परिचयपत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।