
काठमाडौं । यस वर्षको शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारबाट सुरू हुँदैछ ।
शुक्रबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
‘ए’ डिभिजन क्लबहरुबीच हुने लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेलहरु हुनेछन ।
यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ नगर पुरस्कार पाउने छन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलका विजेता क्लबले म्याच मनी बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिने छ । हरेक खेलमा म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन् ।
लिग तीन महिना संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्