
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले बिहीबार घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ ।
बिहीबार दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
बुधबार श्याम ढकाललाई प्रतिस्थापन गर्न यूएई उडेका सन्दीपले बिहीबारको खेलमा मौका बनाएका हुन् ।नेपालका लागि पहिलो खेलमा डेब्यू गरेका प्रतिस जिसीको स्थानमा लामिछाने पहिलो रोजाइमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्