Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता


5.6k
Shares

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

गौरी, ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् । यो फ्ल्याट तुल्स्यानी गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ। गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊ प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

जसवन्तले उजुरीमा आफूसँग पैसा लिए पनि गौरीले यो फ्ल्याट अरु कसैलाई दिएको दावी गरेका छन् । उनले गौरी खान बाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर जसवंतले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

गौरीको ‘गौरी खान डिजाइन्स’ नामक आफ्नै कम्पनी छ । उनी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, उनले धेरै प्रसिद्ध सेलिब्रेटीहरूको घर डिजाइन गरेकी छन्।

उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन् । त्यसैले उनको नाममा पनि उजुरी दर्ता गरिएको छ । यद्यपी गौरीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।