Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार संचालन


78
Shares

काठमाडाैं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचकाे एकीकृत कारोबार सुरु भएको छ ।

काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै बुधबारबाट सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभयो । उहाँले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृतको शुभारम्भ गर्दै बिमा कम्पनीले पूँजी मात्र वृद्धि गर्ने भन्दा पनि राम्रो नीति ल्याएर व्यापार गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फूर्त भएको बताउनुभयो । उहाँले कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले बिमा कम्पनीको लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै बिमा प्रतिको विश्वास बढ्न नसक्ने बताउनुभयो ।

उहाँले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्न सके, बिमा दावी भुक्तानी समयमा दिनसके मात्रै बिमाप्रतिको विश्वास बढ्ने बताउनुभयो । उहाँले बिमा कम्पनीले समयमा दावी भुक्तानी नगरे ग्राहकले बिमाप्रति नकारात्मक धारणा बनाउने बताउनुभयो । अध्यक्ष सिलवालले बिमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बिमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दावी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताउनुभयो । उहाँले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले कम्पनीलाई आफैं पूँजी बढाउन वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प मध्ये मर्जर रोजेको बताउनुभयो।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बिमा क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास लिएको बताउनुभयो । उहाँले ग्राहकहरुलाई गुणस्तरिय बिमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताउनुभयो ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जर भएपछि विगतको भन्दा सवल र सक्षम भएर लाग्ने उहाँले बताउनुभयो ।