२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


दमौली–विमलनगर सडक राति चार घण्टा बन्द


65
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीदेखि विमलनगरसम्मको सडकखण्ड बिहीबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ ।

मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले भित्ता काट्नका लागि राति १२ बजदेखि बिहान ४ बजेसम्म दमौली–विमलनगर सडकखण्ड बन्द गर्न लागेको हो ।

भित्ता काट्न दश दिन लाग्ने अनुमान गरिएको छ ।

सो सडकखण्डमा डाइभर्सन बनाउने ठाउँ नभएकाले रातिको समयमा आवागमन रोकेर भित्ता काट्नु परेको आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतीका काम भईरहेको छ ।