Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


म्याग्दीमा खैरो हिरोइनसहित एक जना पक्राउ


78
Shares

म्याग्दी । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागू पदार्थ खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


बेनी नगरपालिका–८ कालिपुलबाट भारतको पश्चिम बंगाल घर भइ पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक किरण लामाले बताउनुभयाे ।
सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको उहाँले बताउनुभयाे ।

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारबाही अगाडि बढाएको बताएकाे छ । म्याग्दीमा लागू औषध र लागू पदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन् ।

केही दिन अगाडि समेत रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका–३ सिलवारी बस्ने १९ वर्षीय मुस्ताफा खानलाई ३ सय ९३ ट्वलेट नाइट्राजेपामसहित प्रहरीले बरामद गरेको थियो । डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागू औषधको प्रयोगकर्तासँगै महँगो मानिएको खैरो हिरोइनको समेत प्रयोगकर्ता बेनी आसपासमा रहेको सूचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको जनाएको छ ।

विद्यार्थीहरू समेत लागू औषधको दुर्व्यसनमा फसेका एक प्रहरी अधिकारीले बताए । पछिल्लो समय भारतीय नागरिक समेत लागू औषध बेच्न बेनीसम्म आउने गरेकाे प्रहरीकाे भनाइ छ । प्रहरीले अनुसन्धानमा रहेकाहरुबाट थप कनेक्सन खोज्दै छ ।

प्रहरीले सदरमुकाम बेनीमा विद्यालयका विद्यार्थीेहरू समेत दुर्व्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरेर पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तीब्रता दिएको छ।सदरमुकाम बेनी बजारसँगै छिमेकी जिल्ला पर्वत बेनीमा सामूहिक प्रयोग गर्ने सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको छ ।

Skip This