
Photo : CAN
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ ।
युएईको अजमानमा जारी छनौट प्रतियोगितामा नेपाल र युएई दुवै टोलीको लागि यो निर्णायक खेल हो । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ ।
यो खेलमा यूएईलाई पराजित गरेको खण्डमा नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्नेछ । नेपालले अन्तिम पटक सन् २०१५ को युथ नाइन्टिन विश्वकप खेलेको थियो ।
छनौट प्रतियोगितामा नेपाल र यूएईले सुरुवाती चार खेलमा लगातार जित हात पारेका छन् । अंक तालिकामा समान ८–८ अंक भएपनि नेट रनरेटको आधारमा युएई शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।
यो खेलको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने विश्वकप क्रिकेटका लागि छनौट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्