Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


कोरियन एयरलाइन्सले हवाई भाडा असोभाविक भएको भन्दै सरकारलाई हस्तक्षेप गर्न माग


13
Shares

काठमाडौं । कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मोनोपोली नियन्त्रणका लागि हस्तक्षेप गर्न सरोकारवाला निकायले सरकारसमक्ष माग गरेका छन् ।

पर्यटन मन्त्रालयमा भएको पत्रकारसँगको छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्षले यस्तो माग गरेका हुन् ।

उनीहरुले नेपालबाट दक्षिण कोरिया जानकालागि अन्य एयरलाइन्सको भन्दा ३६ प्रतिशत हवाई भाडा महँगो लिएको भन्दै सरकारले हस्तक्षेप गर्न आवश्यक रहेको बताए । उनीहरुले एयरलायन्सले चर्को रुपमा असुली रहेको हवाईभाडा घटाउन सरकारको हस्तक्षेप बिना सम्भव नभएको उल्लेख गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले दक्षिण कोरिया जाने कामदार वा भिजिट भिसामा जाने सबैलाई न्यायोचित भाडादर हुनुपर्ने बताउनुभयो । उहाँले काठमाडौंबाट भन्दा भारतको नयाँ डिल्लीबाट कोरियाको भाडा सस्तो रहेको बताउनुभयो । उहाँले अन्य एयरलाइन्सको भाडा नबढेको तर कोरियन एयरलाइन्सको मात्रै भाडा किन बढ्यो भन्ने विषयमा अनुसन्धान गर्न जरुरी रहेको बताउनुभयो ।

प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले कोरियन एयरलाइन्सको भाडादरको मनोपोली नियन्त्रण गर्नकालागि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले कोरियामा नेपाल एयरलाइन्सलाई उडान गराउन कोरिया सहमत रहेकाले नेपाल एयरलाइन्सले हवाई सुरक्षा मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो ।

यता, निगमका अध्यक्ष युवराज अधिकारीले निगमको उपस्थिति बढाउनको लागि निगमले पहल गरिरहेको भन्दै जहाज नपुगेको अवस्थामा जहाज खरिद गरेर वा भाडामा लिएर भएपनि निगम उडान गर्न तयार रहेको दाबी गर्नुभयो ।