Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


७ महिनामा ११ सय ६३ विदेशीलाई नेपालमा काम गर्ने स्वीकृति


195
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा १ हजार १ सय ६३ विदेशी श्रमिकलाई नेपालमा रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको छ ।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार माघसम्म सो संख्याका विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो । गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्म रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या केही बढेको छ ।

कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको भएपनि पछिल्लो महिना बढ्दै गएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले जनाएको छ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।