Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


आकस्मिक सार्वजनिक बिदामा बैंकले सेवा दिने


3.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।

सरकारले आकस्मिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको छ ।

बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन’मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

‘नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारू गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।