Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्न नेपाललाई ओलीको पत्र


2.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभएकाे छ ।

उहाँले शनिबार नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै अध्यक्ष नेपाललाई पत्र समेत लेख्नुभएको हाे । साेही पत्रमा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार हुनुभएका नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ ।

पार्टीका उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगत्तै एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई औपचारिक रूपमा पत्र पठाउनुभएको हो । ‘राष्ट्रिय सभा, प्रतिनिधि सभा, र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ ।

शनिबार बिहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।

नेकपा एकीकृत समाजवादीले भने आफूहरुको साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई अघि सारेको छ ।

अध्यक्ष ओलीले नेपाललाई लेख्नुभएकाे पत्रमा यस्ताे भनिएकाे छ: