२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने: रामचन्द्र पौडेल


455
Shares

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।

शनिबार दिउँसाे राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो ।

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसका निम्ति आफ्नो भूमिका हुने बताउनुभयो । उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताउनु भयो । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भूमिका हुने उहाँको भनाइ छ ।

राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन प्रयास गर्ने उहाँले बताउनुभयो । नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई राष्ट्रपतिमा सर्वसम्मत निर्वाचित गराउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।