Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


एमालेले दुर्गा प्रसाईंलाई पार्टीबाट हटायो


819
Shares

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गर्नु भएको थियो । उहाँले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आउनु भएको छ ।