Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


आफ्नो उम्मेदवारलाई सहयोग माग्दै एमालेले कांग्रेस बाहेक सबै दललाई पत्राचार गर्ने


507
Shares

काठमाडौं । राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई विजयी गराउन नेकपा (एमाले) ले कांग्रेस बाहेकका सबै दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई विजयी गराउन कांग्रेस बाहेकका सबै दलहरुलाई पत्राचार गर्ने निर्णय भएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

सात दलबीच गत पुस १० गते एमालेको तर्फबाट राष्ट्रपति बनाउने सहमति भएको थियो । सोही सहमतिको जगमा आफूहरुले राष्ट्रपतिको उम्मेदवार तय गरेको गुरुङले स्पष्ट पार्नु भयो ।

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)को समेत सहमतीका नेपाली काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । राष्ट्रपति चयनका लागि आज उम्मेदवारी दिने र यही फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।