२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


नेपालले आज कुवेतसँग खेल्दै


1.482k
Shares

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले शनिबार कुबेतसँग खेल्दै छ ।

खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ भने कुवेत पहिलो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले हङकङ विरुद्ध २७ तारिख, २८ तारिखमा मलेसियासँग र २ मार्चमा घरेलु टोलीसॅंग खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।