Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सुनको भाउ उकालो लाग्यो


0
Shares

काठमाडौं, भदौ १४ । बिहीबार सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलाको ५६ हजार ८०० रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको भाउ भने बिहीबार पनि तोलाको ७२५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९ डलर हाराहारीमा कारोबार भएको थियो ।