काठमाडौं, भदौ १४ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा साताको अन्तिम दिन बिहीबार भने सामान्य सुधार आयो ।
बजार परिसूचक नेप्से ९ अंकले बढेर ११ सय ८१ मा पुग्यो ।
बुधबार लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटेर पुँजीगत लाभकरका सम्बन्धमा कुरा गरेको र सकारात्मक आश्वासन पाएसँगै बजार बढेको विश्लेषण गरिएको छ ।
यसदिन होटल समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह सकारात्मक रहे ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६२ अंकले उकालो लाग्यो । जीवनबिमा समुह पनि २६ अंकले बढ्यो । लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिँदा अरु समूह भने सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका ७ लाख बराबर कित्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्