२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


195
Shares

काठमाडौं । आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजे बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा सत्ता गठबन्धन र समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने बताईएको छ ।

राष्ट्रपति निर्वाचनसहितका विषयमा आवश्यक निर्णय लिन बैठक बोलाईएको हो ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा कुन दललाई सहयोग गर्ने भन्ने निर्णय गरिसकेको छैन । पार्टीमा राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने आवाज पनि उठिरहेको छ । यस विषयमा पनि आजको बैठकले ठोस निर्णय लिनेछ ।