काठमाडाैं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भएको छलफल सकिएको छ ।
बिहीबार साँझ भएको ३ दलको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित छलफल भएकाे हाे ।बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताले छलफल शुक्रबार पनि जारी राख्ने र एउटा निष्कर्षमा पुग्ने बताए ।
राष्ट्रपति लगायतका उम्मेदवारका सम्बन्धमा के गर्ने भनेर व्यापक रूपमा छलफल भए पनि सहमति र कुनै निर्णय भने नभएकाे ति नेताले बताए ।




प्रतिक्रिया दिनुहोस्