१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


फ्रान्कफर्ट नापोलीसँग पराजित


78
Shares

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा जर्मन क्लब फ्रान्कफर्ट इटालियन क्लब नापोलीसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा फ्रान्कफर्ट नापोलीसँग २–० ले पराजित भएको हो ।

खेलको ४० औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६५ औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई २–० ले जित दिलाए ।

खेलको ५८ औं मिनेटमा राण्डल कोलोले रातो कार्ड पाएपछि फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब दुई टोलीबीचको दोस्रो लेग नापोलीको मैदानमा मार्च १६ मा हुनेछ ।