१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


आज ग्याल्पो ल्होसार पर्व मनाइँदै


260
Shares

काठमाडौं । आज मंगलबार ग्याल्पो ल्होसार, नेपालका शेर्पा समुदायले नयाँ वर्ष मनाउँदै छन् ।

शेर्पा समुदायले नयाँ वर्षको रुपमा मंगलबार २१५० औं ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गर्दछन् ।

ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।

मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षचाँही पानी खरायोको वर्ष हो ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाउने गरिन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् ।

उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।

ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको बताइन्छ ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मात्रै मनाइने यो पर्व पछिल्लो समय शेर्पा समुदायको वस्ती भएका अन्य स्थानमा पनि मनाउन थालिएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।