Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कमजोर प्रदर्शन गर्दै कार्तिक आर्यनको फिल्म ‘शहजादा’


377
Shares

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेनन अभिनित फिल्म ‘शहजादा’ ले बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ।

भारतीय सञ्चारमाध्यामका अनुसार पिहलाे दिन ६ करोड भरतीय रुपैयाँ कमाएर ओपनिङ गरेको फिल्मले दोस्रो दिन ६ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको हो।

त्यस्तै, हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा कुल १२ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको छ।

रोहित धवन निर्देशित फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा र गरिब परिवारको बच्चा धनी परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ।

यो फिल्म दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री पूजा हेगडे अभिनित फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला बैकुन्ठपुरमेलो’ त्यसबेला बक्स अफिसमा हिट सावित भएको थियो।

फिल्ममा कार्तिक र कृतिसँगै , मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकर लगायत कलाकारको अभिनय रहेको छ।

फिल्ममा भुषण कुमार, कृष्ण कुमार, एस राधा कृष्ण र अमन गिलको लगानी रहेको छ ।