
काठमाडौं । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा साेमबार नामिबिया र स्कटल्याण्ड भिड्ने भएका छन् ।
नामिबिया जारी श्रृंखलामा पहिलो जितको खोजीमा रहेकाे छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को उपाधि जितिसकेको स्कटल्याण्ड भने साेमबारको खेलमा नामिबियालाई पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता फराकिलो पार्न चाहन्छ ।
किर्तीपुरमा जारी श्रृंखलामा नामिबियाले नेपालसँग दुई तथा स्कटल्याण्डसँगको एक खेलमा पराजित भइसकेकाे छ। साेमबारको खेल उसका लागि श्रृंखलामा सान्तोना जित हात पार्ने अन्तिम अवसर हुने भएकाे छ ।
उता स्कटल्याण्डको भने श्रृंखलामा यो तेस्रो खेल हो । पहिलो खेलमा नामिबियालाई पराजित गरेकाे स्कटल्याण्ड दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । श्रृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्याण्ड भिड्ने भएका छन् ।
लगातार ३ खेल जितेर हौसिएको नेपाल मंगलबारको खेल जित्दै अपराजित रहँदै श्रृंखलाको उपाधि जित्न चाहन्छ ।
प्रतिक्रिया दिनुहोस्