१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


जिल्ला प्रशासन कार्यालय काभ्रेमा बिदाको दिन सेवा


91
Shares

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिदाको दिनपनि सेवा दिन सुरु गरेको छ ।

राहदानीको माग धेरै हुने भएकाले सहजकताका लागि बिदाको दिन पनि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

शनिबार जिल्ला प्रशासन कार्यालयबाट ८० जनाले सेवा लिएका थिए भने आइतबार (प्रजातन्त्र दिवस)को दिन ७५ जनाले सेवा लिएका छन् ।

आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको थियो । आवश्यक कागजातसहित सेवा लिन कार्यालय आउनेलाई छिटो सेवाको सुनिश्चितता गर्नु आफूहरुको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

यसैबिच जिल्ला प्रशासन कार्यालय काभ्रेले टाइम कार्ड लागू गरेको छ । टाइम कार्डमा सेवाग्राहीको नाम, सेवाको अनुमानित समय र राहदानी प्राप्त गर्नसक्ने प्रकृयाका बारेमा समेत उल्लेख गरिएको छ । टाइम कार्ड लागू भएसँगै सेवाका लागि धेरै पटक धाउनुपर्ने, रातीदेखि लाइन लाग्नुपनै बाध्यता हटेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।