
काठमाडौं । ग्यास बिस्फोटबाट घाइते भएर भारतमा उपचाररत सांसद भन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
गत बुधबार काठमाडौंको बुद्धनगर स्थित घरमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । सांसद भण्डारीकि आमाको बिहिबार बिहान कीर्तिपुर स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सांसद भण्डारीलाई भने एयर एम्बुलेन्सबाट बिहिबार दिउँसो भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । सांसद भण्डारीसँगै रहनु भएका माधव न्यौपानेका अनुसार अहिले भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
चिकित्सकहरुसँग आजको काउंसिलिंग सम्पन्न भएको र कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । भोलीबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेरिने छ ।
सांसद भण्डारीको हातको जलेको भागले कार्य गर्न थालेको र उहाँ अप्रेशन पछिको पहिलो ड्रेसिङ्गमा रहनुभएको न्यौपानेले जानकारी दिनु भएको छ । त्यसैगरी सुन्निएको भाग घट्दै गएको छ ।




प्रतिक्रिया दिनुहोस्