Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


सरकारसँगकाे वार्तापछि यातायात मजदुरले बन्द फिर्ता लिए


728
Shares

काठमाडौं । यातायात मजदुरहरूले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन्।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसहितका सरकारी प्रतिनिधिसँग भएको वार्ताको क्रममा आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले सवारी बन्द फिर्ता लिइएको वार्तामा सहभागी एक मजदुर नेताले जानकारी दिए ।

सोमबार बालाजुमा भएको घटनामा संलग्न दोषीलाई कावाही र यातायात मजदुरले उठाएको माग र कानून संशोधनका मुद्दालाई यातायात क्षेत्र सुधार कार्यदलले सम्बोधन गर्ने, मंगलबार बन्दको क्रममा पक्राउ गरिएका मजदुरलाई तत्काल रिहाई गर्ने सहमति भएको ती मजदुर नेताले बताए ।