Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


राष्ट्रिय सभाको बैठक आज बस्दै


39
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने भएको छ ।

बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएकाे संघीय संसद सचिवालयले जनाएकाे हाे । संसद सचिवालयका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/२०८० को बजेटको अर्ध–वार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ ।

उहाँले दिगो विकास तथा सुशासन समितिले २०७८/२०७९ को प्रतिवेदन समेत प्रस्तुत गर्नु हुने भएकाे छ । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुने भएकाे छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद बैठकबाट जारी भएको वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।