Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


बालाजु बाइपासमा प्रदर्शनकारीले जलाए प्रहरी भ्यान


2.5k
Shares

काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा प्रदर्शनकारीहरुले प्रहरीकाे भ्यान जलाएका छन् ।

मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन अहिले हिंसात्मक बन्दै गएको छ।

मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् ।

यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास तनाव ग्रस्त बनेकाे थियाे ।