काठमाडौं । बालाजु क्षेत्रमा यातायात मजदुरले सडक अवरुद्ध गरेका छन् ।
ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अवरुद्ध गरेका हुन् ।
बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।
प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।





प्रतिक्रिया दिनुहोस्