Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चिकित्सकको आन्दोलनले बिरामी मर्कामा


182
Shares

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

आइतबार देशभरका सरकारी, गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प छन् । सेवा ठप्प हुँदा बिरामीहरु भने मर्कामा परेका हुन् ।

चिकित्सकको आन्दोलनका कारण बिहानै उपचारका लागि अस्पताल पुगेका बिरामीहरु अलपत्र पर्दै फर्किन बाध्य भएका छन् ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद बैठकलाई सम्बोधन गर्न जाने क्रममा एक स्वास्थ्यकर्मीमाथि प्रहरीले दुु्ब्यवहार गरेको भन्दै चिकित्सक संघले आइतबार एक दिन सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएको हो ।

Skip This