१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दिर्घकालीन सरकारको लागि राष्ट्रिय सहमति अहिलेको आवश्यकता: मन्त्री श्रीपाली


169
Shares

अर्घाखाँची । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले नेपाली राजनीतिक घटना क्रममा दिर्घकालीन सरकारको लागि राष्ट्रिय सहमतिको आवश्यक पर्ने बताउनुभएको छ ।

शनिबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अहिलेका जनताले आर्थिक समृद्धि, सुशासनका लागि स्थायित्व दिने सरकार चाहेको बताउनुभयो । साथै गठबन्धन तत्काल नटुट्ने समेत उहाँले बताउनुभयाे । बहुमतीय पक्षबाट अगाडि बढ्नको लागि एउटा छलफलको सुरुवात भएको उहाँको भनाइ थियाे ।

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगगरपालिका वडा नम्बर १० अर्घामा निर्माणाधिन अर्घा भगवती विमानस्थल सञ्चालन गर्नका लागि प्रतिवद्ध भएर लाग्ने विमान स्थलको काम सकेर नियमित उडानका लागि आफ्नै कार्यकालभित्र सम्पन्न गर्ने गरी लाग्ने बताउनुभयो ।

मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचिकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने बताउनुभयो । अन्य विकास क्षेत्रमा पनि सबैसंग सहकार्य गरेर काम गर्ने मन्त्री श्रीपालीको भनाइ थियाे । त्यस्तै, सन्धिखर्क-७ खाँची लगायतका क्षेत्रमा चुनढुंगा उत्खनले पारेको असर बारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने उहाँले बताउनुभयाे ।

यदि असर गरेको खण्डमा बन्द गर्ने समेत उहाँले बताउनुभयो ।