
एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले टोरिनोलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा मिलानका लागि ओलिभर जेरुडले निर्णायक गोल गरे । जेरुडले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । टोरिनो ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्