११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड : अध्यक्ष बास्कोटा


663
Shares

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताउनुभएको छ ।

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताउनुभयो । उहाँले विवेकशील साझा पार्टीका नेताहरु अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरु उत्पादन गरिरहेको बताउनुभयो ।

उहाँले पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताउनुभयो । महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताउनुभयो ।