Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


‘घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु’


143
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताउनु भएकाे छ ।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताउनु भएकाे हाे।

उहाँले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घूस मागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताउनु भयाे ।

मन्त्री किरातीले महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घूस मागेकाेले निलम्बन गरिएकाे बताउनु भयाे । उहाँले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताउनु भयाे ।