Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थपियो


78
Shares

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप गरिएको छ ।

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधिसभा बैठक पेश गरेको स्पष्ट पार्नु भएको थियो ।

गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिन भित्र सो मस्यौदा प्रतिनिधिसभामा पेश गर्ने कार्यादेश दिइएको थियो । गत माघ १३ गतेदेखि काम सुरु गरेको समितिले म्याद आजै सकिँदै थियो ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।