Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


संघीयता खारेजीको माग गर्दै जनमोर्चाले बुझायो ज्ञापन पत्र


247
Shares

विराटनगर । राष्ट्रिय जनमोर्चा १ नं प्रदेश समितिले संघीयता खारेजीको माग गर्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

बिहीबार मुख्यमन्त्रीको कार्यालय पुग्नुभएकाे राजमो प्रदेश अध्यक्ष अमृतबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले संघीयता खारेजीलगायतका माग समेटेर १० बुँदे ज्ञापन पत्र बुझाउनु भएकाे हाे ।

विराटनगरस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश बाहिर रहेकाले मुख्यमन्त्री कार्यालयका प्रतिनिधिलाई सो ज्ञापन बुझाइएको नेता हरिकान्त शर्माले जानकारी दिनुभयाे। ज्ञापन पत्रमा संघीयता खारेजीसँगै गणतन्त्र र राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।