१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


लेनदेनको विषयलाई लिएर अपहरणको नाटक गर्ने ६ जना पक्राउ


351
Shares

काठमाडौं । काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही बरथवा ६ घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खनियाखोला ११ का ४२ वर्षीय जगतबहादुर भोलान, बनेपाका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ थाक्रे ५ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्ट अगाडिबाट मानिस अपहरणमा परेको प्रहरीलाई जानकारी आएको थियो ।

सूचनापछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटिएको थियो । तर अनुसन्धानका क्रममा अपहरणको घटना नै नभएको खुलेको थियो ।