काठमाडौं, भदौ १३ । रोटरी क्लब अफ पाटनले यस वर्षदेखि शारीरिकरुपमा अशक्त विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।
बुधबार ललितपुरमा भएको क्लबको ३३औं ‘चार्टर डे’मा ललितपुरका सरकारी स्कुलका शारीरिकरुपमा अशक्त विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरिएको हो ।
रोटरीयन निर्मल प्रधानांगले सो जानकारी दिँदै क्लबको कोषमा शतप्रतिशत आर्थिक संकलन भएको र पोलियो उन्मूलनका लागि पनि आर्थिक संकलन गरिने बताए ।
सो क्लबका तर्फबाट हालसम्म ललितपुर जिल्लाका २७ ओटा सरकारी विद्यालयका कक्षा–८ देखि १२ सम्म पढ्ने आर्थिकरुपमा कमजोर करिब ४०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।
कार्यक्रममा रोटरीयन गोविन्ददास श्रेष्ठले १० लाख रुपैयाँको चेक छात्रवृत्तिका लागि डिस्ट्रिक गभर्नर चिन्तामणि भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
डिस्ट्रिक गभर्नर भट्टराईले क्लबको ललितधारा स्मारिकासमेत विमोचन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्