काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा आएको छ ।
नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्सले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हो ।
यो एक पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान हो, जसले वाटरप्रुफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ ।
यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ, जसले गर्दा यसलाई ‘वाटरप्रूफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको छ ।







प्रतिक्रिया दिनुहोस्