
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार भारतसँग खेल्दैछ ।
ढाकामा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
मंगलबारको खेलमा नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ ।
भारत भने बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ । नेपाल र भारतबीचको खेल बराबरीमा सकिए बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।
भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
राउण्ड रोबिनको अन्तिम खेलमा मंगलबार भुटान र बंगलादेश खेल्नेछन् ।
बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भुटान अंक विहीन रहँदै पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्