२२ मंसिर २०८०, शुक्रबार | Sat Dec 9 2023


चिनियाँ कम्पनी थ्री गर्जेजले गर्‍यो पश्चिम सेती बनाउन नसक्ने संकेत


0
Shares

काठमाडौं, भदौ १३ । चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना बनाउन नसक्ने संकेत गरेको छ ।

६ वर्ष आयोजना ओगटेर अहिले आएर थ्री गर्जेजले यस्तो जनाएको हो ।

लगानी बोर्डसँग दुई दिनसम्म चलेको बैठकमा परियोजनाको क्षमता घटाउने र १२ वर्षसम्म डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्न नेपाल तयार भएको थियो । तरपनि कम्पनीले परियोजना ‘फिजिबल’ नदेखिएको जवाफ दिएको हो ।

नेपालीपक्ष आयोजनाको क्षमता ५५० देखि ६२० मेगावाटबीचमा राख्नसमेत तयार भएको थियो । तर, कम्पनीले यसमासमेत चित्त नबुझाएको बोर्डले जनाएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पश्चिम सेतीबाट केही पाठ सिकेको बताएका छन् ।

आयोजनामा एक खर्ब ५० अर्ब रुपैयाँ लगानी हुने अनुमान थियो ।

७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना २० वर्षअगाडि नै निर्माणका लागि अस्ट्रेलियन कम्पनीलाई जिम्मा लगाइएको थियो ।

तर, अष्ट्रेलियन कम्पनी स्मेकले लगानी जुटाउन नसकेपछि वि.सं. २०६८ सालमा सरकारले यसको इजाजत रद्द गरेको थियो ।