३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


शहीदनगरका पूर्व मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


65
Shares

काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर भएको हो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर संजय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत र योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा र उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध पनि मुद्दा दायर भएको छ ।

वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार परी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।

उनीहरुले सम्म्झौता विपरीत भएको कामलाई सही देखाएर गलत अनुगमन प्रतिवेदन तयार पारेको अख्तियारका दाबी छ । आयोगले उनिहरुमाथि २ लाख १२ हजार ८ सय १६ रुपैयाँ विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो ।