Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


403
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएकाे छ ।

त्यस्तै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति पनि भएको थियो ।