
जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने तयारी गरेकाे छ।
स्राेतका अनुसार उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जाने तयारी गरेकाे हाे ।
स्राेतले भन्याे,’माओवादी केन्द्रबाट सुनिता यादव मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको छ।’
सुनिता सहिद रामवृक्ष यादवकी छोरी हुनुहुन्छ। सुनिता समानुपातिक प्रणालीबाट संसद बन्नुभएकाे हाे ।
१० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्