९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


छात्रामाथि दुर्व्यवहारको आरोपमा प्रिन्सिपल पक्राउ


0
Shares

बुटवल, भदौ १३ । विद्यालयमा अध्ययनरत् छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल बुधबार पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका–११, नहरपुरको ज्ञानपुञ्ज सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

‘घटनाको वास्तविकताबारे विस्तृत् अनुसन्धान गरेपछिमात्रै थाहा हुन्छ’–उनले भने ।

प्रहरी निरीक्षक थापाले दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

छात्राले आफ्ना आमाबुवासँग दुर्व्यवहारबारे बताएपछि स्थानीय बासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए ।

आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । सो विद्यालय बन्द भएको छ । रासस